All blog posts are base on evidence and fact

My OpinionNeuro & Science

के मानिसले आफ्नो १०% मात्र दिमाग प्रयोग गर्छ ?

Share

बारम्बार सुनिने कुरा मध्ये एक हो मानिसले आफ्नो दिमाग/मस्तिष्कको १०% मात्र प्रयोग गरेको हुन्छ। २०१३ मा गरिएको एक सर्वेक्षणमा अमेरिकामा ६५% ले “मानिसले मात्र १०% दिमाग प्रयोग गर्छ” भन्ने कुरामा विश्वास गरेको देखिएको थियो। यो कुरा अमेरिकामा मात्र होइन, संसारभरि नै यस्तै फैलिएको छ।

यो कुरा संसारभरि नै कसरी फैलियो भनेर यकीन गरेर भन्न नसकिए पनि, अमेरिकाका एक दार्शनिक तथा मनोवैज्ञानिक विलियम जेम्स (William James) ले १९०७ मा प्रकाशन गरेको एक लेखलाई मानिसहरूले गलत व्याख्या गरेर यो कुरा फैलिएको भन्ने धेरैले मान्ने गरेका छन्। गलत व्याख्या भएको उनको लेखको अंश यस्तो थियो:

Most of us feel as if we lived habitually with a sort of cloud weighing on us, below our highest notch of clearness in discernment, sureness in reasoning, or firmness in deciding. Compared with what we ought to be, we are only half awake. Our fires are damped, our drafts are checked. We [p. 323] are making use of only a small part of our possible mental and physical resources.” – William James

भिडियो

उनको यही भनाईलाई Motivational Speaker हरूले गलत व्याख्या गरेर प्रचार गरेको साथै, फिल्महरू र प्रेरणादायक पुस्तकहरूले पनि यो कुरालाई धेरै प्रचार गरेका कारण संसारभरि फैलिएको मानिन्छ।

अब कुरा गरौं मानिसले १०% मात्र दिमाग प्रयोग गर्छ भन्ने कुरामा कति सत्यता छ भन्ने बारे। यसको सीधा जवाफ हुन्छ – यो कुरामा कुनै पनि सत्यता छैन र यो पूर्ण रूपले गलत कुरा हो। अहिले विकसित अत्याधुनिक उपकरणहरू fMRI, PET जस्ता उपकरणले दिमागको परीक्षण गर्दा देखिएको नतिजाले “मानिसले १०% मात्र दिमाग चलाउछ” भन्ने कुरालाई पूर्णरूपमा गलत साबित गरिसकेको छ। सामान्य मानिसले आफ्नो दिमाग/मस्तिष्कको १००% नै प्रयोग गरेको हुन्छ र उठेको बेलामा मात्र होइन, मानिस सुतेको बेलामा पनि दिमाग सक्रिय रहेको हुन्छ।


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *