All blog posts are base on evidence and fact

Dalit Issues

किन अम्बेडकरले श्रीमतीको अन्तिम इच्छा पूरा गर्नुभएन?

Share

डा. भीमराव अम्बेडकर (बाबासाहेब) की पत्नी रमाबाई अम्बेडकर मृत्युको एकदम नजिक थिइन् र बाबासाहेबलाई एक पटक आफूलाई पंढरपुर मन्दिरमा लैजान आग्रह गरिरहेकी थिइन्। बाबासाहेबले उनलाई बुझाउन कोशिश गर्दै भन्नुहुन्थ्यो, “रमा त्यहाँ गएर के गर्छौ? पण्डित, पुजारीले तिमीलाई भित्र जान दिँदैनन्, अनि भगवान् हुन्छन् भने त तिम्रो पुकार यहाँबाट पनि सुन्नुहुन्छ नि।”

ररमाबाई फेरि भन्छिन्, “साहेब केही भएर हामी बाहिरबाटै दर्शन गरेर आउला, एकपटक मलाई लिएर जानुहोस्।” बाबासाहेब यहाँ विचलित हुनुहुन्छ। एकातिर मृत्युको त्यो अन्तिम घडी अनि अर्कोतिर यस्तो जिद्द/शर्त/इच्छा/भावना जुन बाबासाहेबले कहिल्यै गगर्न चाहनुहुन्न थियो किनभने बाबासाहेबलाई थाहा थियो यो व्यवस्था कहिल्यै नबुझ्ने र नसुधार्ने व्यवस्था हो। यो व्यवस्थाको अघि झुक्नु बाबासाहेबलाई कुनै हालतमा मान्य थिएन।

यदि बाबासाहेबले रमाबाईको अन्तिम इच्छा पूरा गर्नुभएको भए उनले अझै केही दिन बाच्नु हुन्थ्यो कि अथवा राम्रो संग प्रणा त्याग हुन्थियो कि

भन्ने हामी सबैलाई लाग्छ, किनभने हाम्रो भावनाले मनलाई बहलाउने गर्छ र झुटो नै सही हामीलाई केही हदसम्म विश्वास दिलाउने गर्दछ। बाबासाहेबको ठाउँमा अरू कोही भएको भए पक्कै भावुक भएर के फरक पर्छ र भनेर सोच्ने थिए होलान्, पत्नीको लागि यति त गरौँ भन्ने भावना आउनु स्वाभाविक पनि हुनसक्छ।

तर यहाँ कुरा भावनाको वारेमा थिएन, यो आत्म-सम्मान र विचारको थियो। बाबासाहेब भन्नुहुन्छ, गलत विचारको अघि झुक्नु भनेको, चाहे त्यो पारिवारिक कुरा नै किन नहोस्, आफूले निर्माण गरेका सबै महान् विचारहरूलाई नष्ट गर्नु जस्तै हो। बाबासाहेबले रमाबाईलाई धेरै माया गर्नुभए पनि तर भावनामा बग्नुभएन। आफ्नो कुनै पनि एक कार्यले पनि आफ्नो सामाजिक आन्दोलनमा ठुलो असर पर्न सक्छ, विरोधीलाई आन्दोलन दबाउन बल पुग्छ भन्ने कुरा बाबासाहेबलाई राम्ररी थाहा थियो। रमाबाईको त्याग र बलिदान बुझ्नुभए पनि बाबासाहेबलाई थाहा थियो कि रमाबाईको इच्छा पूरा गर्दा उनको व्यक्तिगत विचारसँग बाझिनुभन्दा पनि सामाजिक आन्दोलनलाई दुष्परिणाम हुनेछ। बाबासाहेबले आफ्ना ४ सन्तान त पहिला नै गुमाउनु भएको थियो अन्तत: उहाले रमाबाईलाई पनि गुमाउनुभयो। बाबासाहेबलाई यति धेरै गहिरो पीडाको बाबजुद पनि सधैं समाजको हितको पक्षमा उभिरहनुभयो।

बाबासाहेब आफ्नो विचारमा स्पष्ट हुनुहुन्थ्यो, उहाँले भन्नुभएको थियो “जब मेरो व्यक्तिगत स्वार्थ र राष्ट्रिय स्वार्थमा द्वन्द्व हुन्छ तब म राष्ट्रिय हितलाई महत्व दिन्छु तर राष्ट्रहित र सामाजिक हितमा कहिले द्वन्द्व आयो भने म सामाजिक हितलाई प्राथमिकता दिनेछु।” र वास्तवमा नै उहाँ जीवनभर आफ्नो यो विचारमा अडिग रहनुभएको इतिहासमा देखिन्छ।

बाबासाहेबको यो कुराले हामीलाई धेरै कुराको प्रेरणा दिन्छ, कठिन परिस्थितिमा पनि आफ्नो विचारमा अडिग रहेर समाज र देशको वारेमा सोच्ने भएर नै बाबासाहेबको नाम इतिहासमा अमर छ र उहाँको विचार आजसम्म पनि सान्दर्भिक छन्।


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *