All blog posts are base on evidence and fact

Neuro & Science

विद्युतीय खेलौनाले बच्चामा भाषा सिक्ने र बोल्ने प्रक्रियामा नकारात्मक असर गर्छ

Share

आफ्ना बच्चाहरुलाई महँगो राम्रो-राम्रो खेलौना कसलाई किन्दिन मन नलाग्ला। तर होस् गर्नुस् है नर्थन अरिजोन युनिवेर्सिटीमा गरिएको एक अनुसन्धानले बच्चाहरुले खेल्ने खेलौनाले उनीहरुले सिक्ने भाषामा गुणात्मक र परिमाणात्मक असर पर्ने देखाएको छ। विद्युतीय खेलौनाहरु जस्तै बत्ति बल्ने, शब्द र गीतहरू बझ्ने खेलौना खेल्ने बच्चाहरु, परम्परागत खेलौनाहरू जस्तै काठका खेलौना, पुस्तक, रबर ब्लक खेल्ने बच्चाहरुको तुलनामा राम्रो संग बोल्ने नसक्ने र कम भाषा बुझ्ने पाइएको छ ।

यस अनुसन्धानमा १०-१६ महिनाको बच्चाहरुलाई तिन प्रकारणको खेलौना: विद्युतीय खेलौना,  परम्परागत काठका खेलौना र जनावर र रंग आदि भएको किताबहरु दिईएको थियो र उनीहरुको भाषाको मुल्यांकन गरिएको थियो।
अनुसन्धानकर्ताहरु भन्दछन, परम्परागत काठका खेलौना, जनावर र रंगसंग खेल्ने बच्चाहरुको तुलनामा विद्युतीय खेलौनाहरु खेल्ने बच्चाहरु आफ्नो आमा-बुवाले कुरामा कम प्रतिक्रिया जनाउने, भनेको काम बुज्ने साथै र खेल्ने बेलामा पनि कम शब्द मात्र बोल्ने गरेको पाएको थियो जुन बच्चामा भाषा विकासकोलाई नकारात्मक संकेत हुन।
समय अभाब र अन्य कारणले गर्दा अभिभावकहरुले बच्चाहरुको मन पर्ने खेलौना दिएर बच्चालाई एक्लै छोड्ने चलन पढेको छ। यदि अभिभावकले बच्चाहरुलाई समय दिएर, बच्चा सगै कुराकानी गर्दै  पारम्परिक खेलौना सँग खेल्ने, किताब पढ्ने गर्दा बच्चाहरुको भाषामा गुणात्मक र परिमाणात्मक सुधार हुनुको साथै बच्चाहरुमा अन्तरक्रिया गर्ने क्षमताको पनि राम्रो विकास हुने यस अध्ययनका अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ। त्यसैले अब देखि आफ्नो बच्चाहरुलाई खेलौना किन्दा एक पल्ट विचार गर्ने कि? 

(ref: JAMA Pediatr )


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *