All blog posts are base on evidence and fact

News & Events

एक सर्प र करौतीको कथा-रिस (भिडियो सहित)

Share

एउटा सिकर्मी आफ्नो पसल बन्द गरेर घरमा जान्छन। यतिकैमा एउटा सर्पल उनको पसलमा छिर्दछ।

सर्पलाई भोक लागेको थियो, त्यसैले पसलको कुना-काप्छ सबै तिर डुल्दै सर्पले खाना खोज्न थाल्दछ। यतिकैमा दुर्भग्यवश सर्प करौतिमा ठोकिन्छ र सर्पलाई सानो घाउ हुन्छ।

रिस क्रोध र बदलाको भावनाले सर्पले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर त्यो करौतिलाई टोक्दछ। सर्पको टोकाईले त्यो फलामको करौतिलाई के नै हुन्थीयो र  बरु उल्टै  सर्पको मुखबाट रगत बग्न थाल्यो। अझ धेरै रिस,क्रोध,  र अहंकारको कारण, सर्पले आफूलाई चोट पुराउने, रगत निकाल्ने वस्तुलाई  आफ्नो सक्ति ले मार्न प्रयास गर्यो र करौतिको वरिपरि कडा संग लपेटेर सक्दो बल लगाएर करौतिलाई कस्यो।

भोलिपल्ट जब सिकर्मीले पसल खोले, उनले घाउ नै घाउ भएर करौतिमा लपेटिएको मृत सर्प लाइ देख्दछन । सर्प अरू कसैको गल्तीको कारणले नभई,  केवल आफ्नै रिस, क्रोध, धमण्द, र बदलाको भबनको  कारण मरेको थियो।

कहिलेकाँही रिसाउँदा हामी अरूलाई हानि पुराउन कोसिस गर्छौं तर समय बित्दै जाँदा हामी महसुस गर्छौं  कि हामीले अरुलाई हानि पुराउने चक्करमा आफैंमा बढी हानी गरेका हुन्छउ।  जीवनमा सुखी हुनु छ , सफल हुनु छ र गन्तब्यमा पुग्नु छ भने उत्तम यो हुने छ कि,  हामीले केही चीजहरू, व्यक्तिहरू, घटनाहरू, सम्बन्धहरु र विषयहरूलाई बेवास्ता गर्न सिक्नुपर्दछ।

हाम्रो जिबनमा हुने प्रत्येक क्रियाहरुमा  प्रतिक्रिया देखाउन आवश्यक छैन । एक पल्ट विगतमा जानुहोस् र आफैलाई सोध्नुहोस् , के  तपाईले बिगतका  घटनाहरु  माथि गरेका प्रतिक्रियाहरु सहि थिय त ? यदि थीएनन भने अबको दिनमा कुनै कुरा माथि प्रतिक्रिया दिदा सोच्ने कि ??

रिस- एक सर्प र करौतीको कथा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *