सिता दाहाललाई लागेको रोग (progressive supra-nuclear palsy) बारे जानौ I
(यो लेख मिति Mar 18, 2019, एकदम सरल तरिकारे लेखिएको थियो ।)
progressive supra-nuclear palsy एक दुर्लब र जटिल किसिमको मस्तिष्क रोग हो I progressive भन्नाले निरन्तर बढ्दै जाने, supra-nuclear भनेको यो रोगले गर्दा प्रभावित हुने मस्तिष्कको भाग हो जसले शरीरलाई सन्तुलन राख्न र सोच्नमा सहयोग गर्दछI
यो रोगका बिमारीले शरीरलाई सन्तुलनमा राख्न सक्दैनन् र हिंडाईमा समस्याहुने गर्दछ I यो रोगमा आँखाको मांसपेशिहरु (परेलिहरुको चाल) मा पनि असर गर्ने हुनाले बिमारीहरुले राम्रो संग हेर्न पनि अफ़्टेरो हुने गर्दछI यो रोगमा सास फेर्न साथै खान चपाएर निल्न पनि अफ्टेरो हुने गर्दछ I यो रोगका अन्य लक्षणमा भुल्ने समस्या, हात काप्ने, धमीले देखिने, अस्पस्ट बोल्ने, चिन्ता, तनाब आदि पर्दछनI
यो रोग पर्किन्सन सँग मिल्दो जुल्दो लक्षण हुने भएपनी पर्किन्सन भन्दा फरक र दुर्लब रोग होI बलिउडका एक चर्चीत अभिनेता स्व.कादर खानलाई पनि यो रोग लागेको थियो र यसै रोगका कारण स्वास-प्रस्वासमा समस्या र निमोनिया भएर उहाको मुत्यु भएको थियो I
अहिले सम्म यो रोगको कारण पत्ता लागेको छैन भने निको पार्ने उपचार बिधी पनि छैन I उपचार भनेको यो रोगमा देखिने लक्षणहरुलाई कम गर्ने र सके सम्म रोगलाई अरु बढ्न नदिने उपायहरु अपनाउने मात्र हो I
यो रोगको कारण पत्ता नलागेकोले कसरि यो रोग बाट बच्ने सकिन्छ भन्ने प्रस्ट छैन तसर्थ सन्तुलित खाना, नियमित व्यायाम र स्वस्थ जीवन शैली नै रोकथामको उपयुक्त तरिका मानिन्छI
आशा गरौ सिता दाहाल को स्वास्थमा सुधार आउनेछ I उहालाई सिघ्र-स्वस्थको कामना I
(updated : २०८० असार २७ गते सीता दाहालको निधनमा शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु। )