ईशा, रबि र हामी
(यो लेख मिति Jan-7,2019: मा प्रकाशित भएको थियो।)
रमेश परीयार:
हप्तै पिच्छे नयाँ नयाँ फिल्म चले जस्तो नेपालीहरु माझ, विषेश गरि सामाजिक संजालमा नयाँ- नयाँ विषयले प्रवेश पाउछ। यो हप्ता ठाउँ पाएको छ पत्रकार रवि लामिछाने र उनकी पूर्व पत्नी ईशा लामिछाने बीचको आरोप प्रत्यारोपले। रबि लामिछाने नेपालका अहिलेका लोकप्रिय पत्रकार हुन। उहाँको लोकप्रिय कार्यक्रम “सिधाकुरा जनतासँग” मा जनताको समस्यालाई सम्बन्धित निकायमा सिधा, प्रष्ट र खरो गरि राख्ने र समस्याको समाधान निकाल्ने उहाको कार्यशैलीको म पनि एक प्रशंसक हुँ। उहाँले पत्रकारिता क्षेत्रमा गर्नु भएको यस्तै यस्तै प्रशंसनीय कार्यले गर्दा उहाँ सधै सामाजिक संजालमा चर्चामा रहिरहनु हुन्छ अझ भनौ “भाइरल” हुनुहुन्छ। तर यसपाली रबि रामिछाने आफ्नो पत्रकारिताको कामले भन्दा अलि फरक प्रसङ्गले गर्दा चर्चा परिचर्चामा रहनुभएको छ। मलाई कसैको व्यक्तिगत जीवनको बारेमा पर बसेर बोल्नु उपयुक्त लाग्दैन, तर उहासंग सिधा सम्पर्क नभएकोले र मनमा अरु केहि कुराहरु पनि खेलेकोले आफ्नो मनलाई शान्त पार्न पनि यो ब्लग लेखेको छु। रबि लामिछाने र ईशा लामिछानेको सम्बन्ध बारे छापिएका लेख र उनीहरुका फेसबुक ईस्टाटस पढियो। सबैको कुरा सुन्दा मेरो मनमा ईशा लामिछाने, रबि लामिछाने र उनका शुभचिन्तक प्रति केहि प्रश्नहरु छन्।
सुरुवात गरौ ईशा लामिछानेबाट, ईशा लामिछाने संग धेरै प्रश्न छैन मसंग किनकि उहाबारे थाहा भएको केहि दिन भयो, तर उहाले रबि जी को बारेमा मिडियामा जे जे कुरा निकाल्नु भयो त्यस भन्दा पहिले रबि जीसंगै सिधै कुरा प्रष्ट गर्नु भएको भए धेरै राम्रो हुने थियो। यति ठुलो भूकम्प सायद आउदैन थियो होला। नारीमा धेरै शहनसिलता हुन्छ, तर अन्तिममा अलिकति टुटेको नै हो की ? हैन भने आफ्नो छोरीको लागि भए पनि सम्बादबाट नै समाधान निकालेको भए सबैको लागि उत्तम् हुने थियो। अब उहाको बयानबाजी मिडियामा भन्दा सम्बन्धित ब्यक्ति बसेर समाधान गर्नु भएको भए आफ्ना सन्तानहरुलाई अलिकती भएपनि तनाब कम हुने थियो होला। जसले जसलाई दोष देखाएपनि फाईदा हुने सत्रुहरुलाई हो नोक्सान आफैलाई मात्र हो।
रबि लामिछानेले नेपाली नारीहरुलाई गरेको सम्मान र सहयोग दुनियाले देखेको छ र प्रशंसा गरेको छ। म त्यति बेला चकित भए जब उहाले आफ्नै पूर्व श्रीमती, आफ्नो दुई छोरीहरु कि आमाले उठाएको व्यक्तिगत प्रश्नको जवाफ़ राष्ट्रिय टेलिभिजन बाट दिनु भयो। कति ठुला अपराधी देखी अबुझहरुलाई सम्झाउन् सक्ने ले आफ्नो परिवारलाई सम्झाउन किन सक्नु भएन ? पत्थरको जवाफ पत्थरले दिनु सायद सधै मान्य हुँदैन नि ? गोबर चलाउदा छिटा लाग्छ भन्ने अन्दाज दुबै जनामा देखिएन! विश्व युद्धको अन्त्य त सम्बाद र छलफल बाट नै हुन्छ भने एक परिवारको समस्या किन समाधान हुन्थिएन होला र ? किन दुई जना बसेर कुरा टुङगाउन नसकेको होला भन्ने म बारबार सोचिरहेको छु। यस्तो कुरा जानी जानी उचाल्नु भन्दा साम्य पार्नु तिर लागेको भए हामी जस्तो धेरै खुसि हुने थियौ।
म सबै भन्दा अचम्म त्यति बेला परे जब रबि लामिछानेले ईशा लामिछानेको म्यासेज र पर-पुरुष संगको सेल्फ़ि पोष्ट गर्नु भयो! सबै जनालाई समस्यामा पर्दा समाधनको लागी कानुन साथै अन्य सहयोगको सुझाब सल्लाह दिने उहाले आफुले किन कानुनी उपाय नपनाएको होला? उहा सहि नै भए मानहानी मुद्धा दर्ता गर्न पनि सक्ने थिए होलान? भर्खरको केटा-केटीले कसैलाइ बदनाम गर्नु पर्दा अरु संगको पुरानो फोटो पोष्ट गरेर धम्काए जस्तो गरेकोमा रबिलाई कत्ति सुहाएन, उहाको उचाईले त्यो हद सम्म जान नसुहाउने थियो। सम्पूर्ण नारीलाई त्यति धेरै ईज्जत र सम्मान गर्ने उहाले किन एक जना नारी माथि त्यति अपमान गर्नु भएको होला ? उहाँ जस्तो बुद्धिजीबी मान्छेले बुज्नु पर्ने थियो कि ईशा उहाको आफ्नो पूर्व श्रीमती मात्र हैन दुई जना सन्तान कि आमा पनि हुन। यसरि एक ले अर्कोलाई किस्ता-किस्तामा दुनिया सामु नङ्गाऊदै जाँदा, आधि-आधि उनीहरु नाङ्गिदा सम्म उनीहरुका दुई सन्तान पूर्ण रूपमा नाङ्गिएका हुनेछन्, किनकि छोराछोरी भनेका आधी आमा र आधी बुवा बाट बन्ने हुन्। असल श्रीमान श्रीमति बन्न नसकेपनि कृपया असल बुवा आमा भन्न नचुक्नु होला। कृपया आफ्नो स्वार्थको लागि आफ्नो सन्तानको भबिष्य भुमरिमा नपार्नु होला। रबिको यो नाम, मान, सान, उहाले बर्तमानमा गरेको आफ्नो कामले आर्जन गरेको हो, मलाई लाग्छ उहाले निरन्तर यसैगरि कार्यक्रम चलाउनु भयो भने, उहाँको बिगतको र भबिस्यको पनि व्यक्तिगत जीबनको अन्य पाटोमा कसैको खासै वास्ता हुदैन, र बिगतको व्यक्तिगत जिबनले उहाँको सम्मानमा कुनै आच आउदैन। उहाँले देश र जनता प्रति गर्नु हुने कार्यमा सम्भबत सम्पूर्ण नेपालीको साथ र सहयोग सधै थियो र रहनेछ।
अन्त्यमा मलाई नेपाली दाजुभाइ दिदि बहिनिहरुसंग पनि केही भन्नु छ। ईशा लामिछानेको चरित्र हत्या गर्नु नै रबि लामिछानेको समर्थन गर्नु हो भन्ने सोच्न त्यागौ। यो उनिहरुको नित्तान्त ब्यक्तिगत कुरा भएकोले गर्दा एक पक्षको कुराले अर्कोलाई गालि गर्ने काम बन्द गरौ। मलाई पूर्ण विश्वास छ् उनिहरुले चाडै एक अर्कोप्रति औला उठाउन छोडेर आपसमा यो कुराको समाधान निकाल्नेछन्। ईशा लामिछाने पनि एक नेपाली नारी नै हुन, हाम्रो पुरुषप्रधान मुलुकमा रविको बिहेको चर्चा पनि चली सक्यो तर ईशा जहा भएपनि उहाको बिहे गर्ने इच्छा भए पनि त्यति सजिलो छैन जति एक पुरुषलाई हुन्छ। एक पल्ट सोच्नु होला, श्रीमती हुँदा हुँदा रविले अर्कै एक प्रेमिकासंग छोरा पनि जन्माए रे, हामिले गल्तिलाई गल्ति भन्नुको साटो झन उहालाई “मन परेन भने अझै १० वटि बिहे गर्दा पनि हुन्छ” भनेर कतै उस्काईरहेका त छैनौं ? एक पल्ट विचार गर्नुस यदि रविको ठाऊँमा ईशाले श्रीमान हुँदा हुदा अर्कै प्रेमिसंग छोरा जन्माको भए के तपाई ईशालाई पनि “मन परेन भने अझै १० बटा बिहे गर्दा पनि हुन्छ” भन्नु हुन्थीयो ? कसैलाई समर्थन गर्नु भनेको जे सुकै कुरामा पनि जयजयकार गर्नु हैन, राम्रो काममा साथ, सहयोग र समर्धन गरे जस्तै, नराम्रो कामको सकारात्मक आलोचना गर्दै, सचेत गराउनु पनि हो।
रबि र ईशा को यो पूर्णत व्यक्तिगत मामला भएकोले कृपया कसैले पनि कसैको चरित्र हत्या नगरौ, यसले समाजमा नकारत्मक सन्देश मात्र जाने छ ।।।