All blog posts are base on evidence and fact

News & Events

नब आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share

(यो लेख मिति 2017/09/5, www.nayadainiki.com मा प्रकाशित भएको थियो।)

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन , नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले नब आगन्तुक विद्यार्थी हरुको लागि स्वागत कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।दक्षिण कोरिया

, इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा आयोजित उक्त कार्यक्रमको सभापति सोनसिकका उप-अध्यक्ष ज्योति श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वोनखोङ्ग विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामलाका केन्द्रिय निर्देशक प्रो. छुन शु-जिनले गर्नु भएको थियो।कार्यक्रममा विभिन्न विश्वविद्यालयमा अध्ययनको लागि आउनु भएको नवआगन्तुक विद्यार्थीहरुको स्वागत गर्नुका साथै विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो

Iअन्तरक्रिया कार्यक्रममा डा. रमाकान्त लामिछानेले कोरियन भाषाको महत्व बारेमा बताउनु भएको थियो भने डा. अमृत पौडेलले कोरियामा प्राप्त गरेको शिक्षालाई कसरि व्यवसायीक बनाउन सकिन्छ भन्ने जानकारी गराउनु भएको थीयो 

I  डा. पंकज रन्जन कर्णले कोरियाको औषधी कम्पनिहरुमा रोजगारको अवसर बारे आफ्नो अनुभब बाड्नु भएको थियो 

I  त्यस्तै गरि  डा. तारामान कडायतले अध्ययन पुरा भए पछिको विकल्पहरु बारे प्रष्ट पार्नु  भएको थियो 

I  सुशिल भण्डारीले नयाँ विद्यार्थीहरुलाई प्रयोगशालामा कसरी घुलमिल हुने भन्ने बारे आफ्नो अनुभबहरु सुनाउनु भएको थियो भने डा. विष्णु कुमार श्रेष्ठले नयाँ विद्यार्थीहरु सुझाब दिनुका साथै प्रोत्साहन गर्नु भएको थियो 

I  र कार्यक्रम को अन्तमा प्रकास देवकोटाले कोरियाको बसाईमा उपयोगी तरिका र सुझावहरू  बारे जानकारी दिनु भएको थियो 

Iकार्यक्रममा सहभागी नयाँ विद्यार्थी सुभम शर्माले कार्यक्रममा सहभागी भएर धेरै नेपालीहरु संग भेट हुन पाउदा खुशी लागेको र उक्त कार्यक्रम आफु जस्तो नयाँ विद्यार्थीको लागि अती उपयोग भएको बताउदै  कार्यक्रम आयोजकलाई धन्यबाद दिनु भयो 

Iवोनखोङ्ग विश्वविद्यालयमा अध्ययरत विद्यार्थी तथा उक्त कार्यक्रमका संयोजक रमेश परियारले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गरिदिने सम्पूर्ण आयोजक कमिटि सदस्यहरु साथै सम्पूर्ण अतिथि 

,  वक्ताहरु र सहभागी सबैलाई धन्यवाद दिनुभयो र आफुहरुको निमन्त्रणा स्वीकारेर पाल्नुहुने सम्पूर्ण अतिथि साथै वक्ता हरुलाई विशेष धन्यवाद दिनुभयो 

I र कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण प्रति आफु आयोजक कमिटि  र सोनसिक आभारी रहेको बताउनु भयो

I
सोनसिक १४ औ कार्य समितिको यो पहिलो स्वागत कार्यक्रम कार्यक्रम रहेको र अन्य क्षेत्रमा पनि चाडै नै नब आगन्तुक विद्यार्थी हरुको लागि स्वागत कार्यक्रम साथै अन्य कार्यक्रम हुने उप-अध्यक्ष ज्योति श्रेष्ठले  जानकारी दिनु भयो 

I

(published on:  http://www.nayadainiki.com/2017/09/5003  )


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *