आज मैले फूलहरू पाएकि छु – I got Flowers today (भिडियो सहित)
आज मैले फूलहरू पाएकि छु l
आज मैले फूलहरू पाएकि छु । यो मेरो जन्मदिन वा कुनै अरु विशेष दिन थिएन। गत रात हाम्रो पहिलो झगडा भएको थियो। उहाँले मलाई साँच्चै चित्त दुख्ने निर्दय शब्दहरु भन्नुभयो। मलाई थाहा थियो उहाँ पनि यो कुराले दुखी हुनुहुन्छ, र उहाँले त्यस्तो भन्न खोज्नु भएको थिएन। किनकी मैले आज फूल पाएकी छु।
आज मैले फूलहरू पाएकि छु। यो हाम्रो विवाह वार्षिकोत्सव वा कुनै विशेष दिन थिएन। हिजो रात, उहाँले मलाई पर्खालमै ठोकिने गरि मिल्काउनु भयो र मेरो गला दबाउन भयोI यो दुःस्वप्न जस्तो थियो । त्यो वास्तविक थियो भन्ने म विश्वास नै गर्न सकिन। म बिहानै जताततै पीडा र चोट सगै उठे I मलाई थाहा छ उहाँ पनि दुखी हुनुहुन्छ, किनभने उहाँले मलाई फूल पठाउनुभयो।
आज मैले फूलहरू पाएकि छु। यो मातृऔसी वा कुनै अन्य विशेष दिन थिएन।
हिजो राति फेरी , उहाँले मलाई पिट्नुभयो र यो अहिले सम्मकै सबै भन्दा डरलाग्दो थियो। यदि मैले उसलाई छोडे भने के गर्ने? मैले कसरी मेरो बच्चाहरूको हेरचाह गर्ने? पैसा कसरी जुटाउने? म यी कुराहरुले डर लाग्छ र छोड्न डराउँछु। तर मलाई थाहा छ उहाँ पनि दुखी हुनुहुन्छ किनभने उहाँले आज मलाई फूल पठाउनुभयो।
आज मैले फूलहरू पाएकि छु।। आज कुनै विशेष दिन थियो। यो मेरो अंतिम संस्कारको दिन थियो। अन्तिम रात, अन्ततः उहाँले मलाई मर्नु भयो। उहाँले मलाई नमर्दा सम्म पिट्नु भयो।
यदि मैले उहाँलाई छोड्ने पर्याप्त साहस र हिम्मत गरेको भए, मैले आज फूलहरू पाउँदैनथे।
यो कविता सबै घरेलु हिंसा बाट पीडितहरूमा समर्पित गरिएको छ।
धेरै मानिसहरूले सोधे, त्यसले किन घर छोदिन?
म सोध्छ, उसले किन पिट्यो ?
लेखक: पलाली केली
अनुवाद: रमेश परियार
वाचन : पुजा परियार
(May 19, 2018 )