कोरियाको वोनखोङ्ग विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीको आग्रतामा बाढि पीडितलाई सहयोग
कृष्ण प्रसाद बस्याल/सोल।
प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार www.nayadainiki.com :
दक्षिण कोरिया स्थित वोनखोङ्ग विश्वविद्यालय, दक्षिण कोरियामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको अग्रता र सुशिल भण्डारीको पहलमा नेपालको तराई क्षेत्रमा आएको बाढीले प्रभावित पीडितको सहयोगार्थ चलाएको राहत सङ्कलन अभियानबाट संकलन गरिएको सम्पूर्ण रकम सहयोग स्वरुप प्रदान गर्ने भएका छन।
राहत सङ्कलन अभियानबाट संकलन गरिए जम्मा रकम ७ लाख १० हजार वोन,हाल बाढी पिडित दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खटिएको, विश्वसनीय संस्था धुर्मुस सुन्तली फ़ाउन्डेसन मार्फत सहयोग गरिने यस अभियानका संयोजक वोनखोङ्ग विश्वविद्यालयमै अध्ययनरत् विद्यार्थी सुशिल भण्डारीको जानकारी दिदै, यो अभियानमा सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिदै उहाहरु प्रति आफुहरु आभारी रहेको बताउनु भयो ।
पाहाडमा भुकम्प आउदा तराई जसरि पाहाडमा उक्लेर सहयोग गर्यो , आज तराईमा बाडी आउदा पाहाड तराईमा झरेर सहयोग गरिरहेको छ । बाडीले पिडा दिएपनि केहिँ चीसीएको तराई र पाहाडको सम्बन्ध फेरी मजबुद गराएको यसको सकारात्मक पक्ष रहेको बताउदै आफुहरुले गरेको सहयोगले पिडितहरुलाई थोरै भएपनी सहयोग हुने कुराले आफुहरु खुसि भएको डा. रमाकान्त लामिछानेले बताउनु भयो ।
विदेशमा रहेकोले प्रतक्ष्य उपस्थिति भएर सहयोग गर्न नपाएपनी आफुले गरेको सहयोग बाडी पिडितहरु सम्म पुग्ने र थोरै भएपनी पिडितहरुलाई राहत मिल्ने कुरामा आफु विश्वास्त रहेको त्यसै विश्वविद्यालयमा पी.एच.डि. अध्ययनरत् विद्यार्थी रमेश परियारले बताए |