जनता अनुसारको नेता हुन्छ : शेरबहादुर बारे मेरो धारण
रमेश परियार : २०१७/०७/०३ :
भर्करै नेपालीहरु बीच सामाजिक संजालमा गोर्खाल्यान्डको प्रसङ्गमा इन्डियन एक महिला सिमा सुबेदीले नेपालीलाई आपमान गर्दै पोस्ट गरेको एक भिडियो खुब भईरल भयो । सिमा सुबेदीले माफी मागे पछि यो कुरा अहिले केहि मथ्थर भएको थियो । हिजो बि.बि.सि. बाट प्रकासित साझा सवालले प्रधानमन्त्रि शेरबहादुर देउवालाई फेरी राता-रात सामाजिक संजालमा भईरल बनाएको छ ।
जनता सँग प्रतक्ष्य अन्तरक्रिया हुने उक्त कार्यक्रममा केहिँ सहभागीहरुले गरेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रि शेरबहादुर देउवा रिसाएको र प्रश्नकर्ता माथि नै जर्किएको प्रष्ट देख्न सकिन्छ ।
प्रधानमन्त्री भएर जनता सँग बोल्न नजान्ने, जवाफ दिने शैली नभएको र असभ्य ब्यवहार देखाएको.. जस्ता टिका टिप्पण भै रहेको छ । यिनै टिका टिप्पण माझ मेरो धारण पनि राख्न मन लाग्यो ।
प्रधानमन्त्रि ले जवाफ दिने शैली मलाई पनि कत्ति चित्त बुझेन , यति लामो राजनीति गरेर, ४-४ पटक प्रधानमन्त्री भै सकेको मान्छे बाट त्यस्तो ब्यबहार अनपेक्षीत थीयो मेरो लागि । लोकतन्त्रमा नेताहरु जनता प्रति सदा जवाफदेहि हुनु पर्छ । एक पार्टी प्रमुख साथै प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिको यस्तो ब्यबहार कुनै रुपमा पनि सहि भन्न सकिदैन ।
म त्यो खेमामा पर्छु जो “जनता अनुसारको नेता हुन्छ” भन्ने कुरामा बिश्वास गर्दछु । प्रधानमन्त्रि एक व्यक्ति मात्र हैन त्यो एक पद हो, जुन सुकै किन नहोस हरेक पदको सम्मान गर्नु पर्छ । सबै कुराको मर्यादा हुन्छ र त्यहिँ मर्यादामा रहेर काम र कुरा गर्नु एक सचेत नागरिकको कर्तब्य पनि हो । लोकतन्त्रले वाक अधिकार दिएको छ भन्ने बुज्नेले के पनि बुज्नु पर्दछ भने बोल्नको लागि पनि मर्यादा हुन्छ , कुनै एक सिमा हुन्छ ।
हिजो उक्त साझा सवाल कार्यक्रममा केहि सहभागी ले गर्नु भएका प्रश्नहरु आफैमा अनुचित थिए र कुनै प्रश्न मर्यादा भन्दा बाहिर गएर गरिएको हो कि भन्ने पनि लाग्छ !
शेरबहादुरको ईतिहास कस्तो छ त्यो सबैलाई थाहा भएकै कुरा हो तर पनि हामीले यो कुरा भुल्नु हुदैन कि जनताले नै चुनेर शेरबहादुरलाई पार्टी सभापति भएका हुन्, जनताले नै चुनेर चुनाब जिताएका हुन र जनताले नै चुनेका प्रतिनिधिले हाम्रो संबिधान अनुसार नै उहालाई बहुमतले प्रधामन्त्री बनाएका हुन । उहा आकासबाट बर्सेर या पातालबाट निस्किएर प्रधानमन्त्री भएका त हैनन नि । जब भोट हाल्ने समय आउछ हामी छानी छानी उनीहरुलाई नै भोट हालेर चुनाब जीताएर पडाउछौ, अनि त्यस पछि आफै कुर्लदै हिड्छौ कि, नेता नै भएनन् , नेता नै भएनन् , नेता नै भएनन्… !!! रिस देखाएर, गालि गरेर न देश बिकास भयो न हाम्रा नेता नै सुध्रिय । त्यसो भए लोकतन्त्रमा यसको विकल्प के त ?
मलाई के बिश्वास छ भने यदि हामी आफु नै पहिले सच्चिने हो भने नेता आफै सच्चिनेछन , नभएर ५ वर्ष पछि त घोक्रे ड्याग लगाएर निकाल्ने अधिकार त छदै छ नि हामीसँग, हैन र ?
आज एउटालाई गालि गर्यो भोलि अर्को लाई यसरि कति दिन चल्छ, कति जनालाई गालि गर्दै बस्ने ??? जब सम्म हामी एक भएर पार्टीलाई हेरेर हैन, सक्षम , सबल , क्षमतावान युवा व्यक्तिलाई आफ्नो नेता छान्दैनौ, त्यति बेला सम्म परिबर्तनको आश गर्नु आश मात्र हो ! हामीले नेता छान्न धेरै ढिला गरिसकेऊ अब अझै ढेला नगरौ आगामी चुनाबहरु आफ्नो अमुल्य मतको सहि सदुप्रयोग गरौ ।
(नोट : म कुनै पार्टी बिशेसको समर्थक र बिरोधि दुवै हैन ,सबै पार्टीहरु प्रति मेरो दृष्टिकोण समान छ )