All blog posts are base on evidence and fact

News & Events

गोविन्द केसीको समर्थनमा कोरियाबाट नेपाली विधार्थीहरुको भिडियो सन्देश

Share

प्रकाशित मिति : २०७३ श्रावण १० (July 25, 2016) हेनेको सम्वाद्दाता, दक्षिण कोरिया

कोरियामा अध्यनरत नेपाली विधार्थीहरुले डा. गोविन्द के.सी. को अनसनमा पुर्न रूपमा समर्थन जनाएका छन । कोरियाका बिभिन्न विश्वविध्यालयमा अध्यनरत नेपाली विधार्थीहरुहरुले एक भिडियो सन्देश मार्फत  स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्र मा देखिएको बिक्रिति तथा भ्रस्टचार बिरुद्धको डा. के.सी.को  अनसनमा पूर्ण रुपमा ऐक्यवद्धता रहेको जनाएका छन् ।

एक ठाउमा जम्मा भएर प्रदर्शन र नारा लगाएर समर्थन गर्नुको साटो भिन्न तरिकाले  कोरियामा छरियर रहेका नेपाली विधार्थीहरुले आफ्नो परिचय खुल्ने गरि सबै जनाले आ-आफ्नै प्रयोगशालामा नै भिडियो खिचेर, भिडियो संदेश मार्फत डा. के.सी.को अनसनमा समर्थन जनाएका छन् ।  भिडियोमा सहभागिहरुले आफ्नो समर्थन डा. के.सी. लाई किन र के को लागि भन्ने स्पस्ट पारेका छन् ।

Neplaese students studying in S. Korea are with DR KC

प्रदर्शन र नारा लगाएर मात्र हैन कि आज-भोलि को यो इन्टरनेटको युगमा प्रविधि र सामाजिक संजालको प्रयोग गरेर पनि जुन सुकै ठाउबाट पनि समर्थन गर्न सकिन्छ भन्ने संन्देश दिन पनि यो भिडियो बनाएको यस कार्यका अभियन्ता रमेश परियारले बताउनु भयो ।  देश बाहिर रहेका साथै बिभिद कारणले एक ठाउमा भेला हुन नसक्नेले पनि भिडियो मार्फत एकबद्द भएर सामुहिकरुपमा आवाज उठाउन सकिन यो नयाँ शैली भएको हुदा विदेशमा छरियर रहेका नेपालीहरुलाई डा. के.सी.को अनसनमा ऐक्यवद्धता जनाउन यो उत्तम बिधि हुने परियारले बताउनुभयो।

कोरियामा अध्यनरत नेपाली बिधार्थीहरुले देशको प्रमुख सामाजिक तथा राजनीतक मुद्दाहरुमा विभिन्न मध्यमबाट आफ्नो विचार राख्दै आएका छन् । ३ करोड नेपाली जानता संग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य क्षेत्रलाई सुन्दर बनाउन आफ्नो माग राखेर अनसनमा रहेका डा. के.सी.को सम्पुर्न मागहरु छिटो भन्दा छिटो सरकारले पुरा गरोस् र डा. के.सी.को जीवन रक्षा गरियोस् भन्ने हाम्रो आवाज सरकार सम्म पुराउने उद्देश्यले यो अभियान थालीएको र यस अभियान कोरियामा रहेका १५ भन्दा धेरै विश्वविध्यालयमा अध्यनरत नेपाली बिधार्थीहरु स्वतस्फुर्त रुपमा सहभागी भएको रमेश परियारले जानकारी दिनु भयो ।-

( यो समाचार मिति २०७३ श्रावण १० गते hellonepalkorea.com मा प्रकाशित भएको थियो। )


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *