नाबालिगकाको मनोविज्ञान र मस्तिष्क विज्ञान (भिडियोसहित)
नाबालिग बारे समय-समयमा समाचारहरू आइरहन्छन्। हाम्रो देशको कानून अनुसार १८ वर्षभन्दा कम उमेर समूहलाई नाबालिग भनिन्छ। नाबालिगहरू बारे कुरा गर्दा उनीहरूको मनोविज्ञान (psychology) र मस्तिष्क विज्ञान (neurology) बारे बुझ्नुपर्छ। जुन हामी यो भिडियो मा कुरा गर्नेछौ .
सबै भन्दा पहिलो, शारीरिक विकास र मानसिक विकास फरक कुरा हुन् भन्ने बुझ्नुपर्छ। केही नाबालिगहरू शारीरिक रूपमा परिपक्व देखिए पनि मानसिक रूपमा परिपक्व भएका हुँदैनन् जुन कुरा बाहिर बाट हेरेर देखिदैन।
त्यसो भए प्रश्न उठ्छ, मानिस कहिले मानसिक रूपमा परिपक्व हुन्छ त?
यो बुझ्न मस्तिष्कको विकास कसरी हुन्छ भन्ने बारे न्यूरोलोजी (Neurology) बुझ्नुपर्छ।
बच्चा जन्मदा मस्तिष्कको करिब २५-३०% मात्र विकास भएको हुन्छ।
बच्चा ३ वर्षमा ८०% मस्तिष्क विकास हुन्छ र ६-७ वर्षमा ९०-९५% मस्तिष्क विकास हुन्छ।
बच्चाको मस्तिष्क त्यसपछि एकदम बिस्तारै विकास हुँदै जान्छ र औसतमा २५-२७ वर्षको उमेरमा पूर्ण विकास हुन्छ। मस्तिष्कको विकाससँगै मानिसको मनोविज्ञान र व्यवहार पनि त्यसैअनुसार फरक हुँदै जान्छ।
मानिस अरू सबै जीव-जन्तुभन्दा बुद्धिमान हुनुको कारण हो, हाम्रो मस्तिष्कको प्रिफ्रन्टल कर्टेक्स (Prefrontal Cortex) भन्ने भाग। जुन मानिसमा अरू जीव-जन्तुभन्दा धेरै विकसित हुन्छ। र त्यही प्रिफ्रन्टल कर्टेक्स पूर्ण रूपमा विकास हुन हामीलाई २५-२७ वर्ष लाग्छ।
अब यसको काम के हो भन्ने पनि बुझौँ। सरल शब्दमा भन्नुपर्दा प्रिफ्रन्टल कर्टेक्सको मुख्य कार्य भनेको यसले हामीलाई तर्कसङ्गत रूपमा सोच्ने र निर्णय लिने क्षमता दिन्छ। भावनामा नबगी आवेगमा हैन कि सुज बुझ गरेर , पछिल्लो सम्मको सोचविचार गरेर, कुनै पनि विषयमा रचनात्मकतापूर्वक परिपक्व निर्णय गर्न मद्दत गर्दछ।
तपाइँहरूले सुन्नुभएको होला, हाम्रो समाजमा त्यस्ता मानिसलाई “पाको” मानिस भन्ने चलन पनि छ।
अब त्यसो भए अर्को प्रश्न उठ्छ, के हामी २७ वर्ष नपुग्दै परिपक्व हुँदैनौँ त?
यसको उत्तर यसरि बुझौ , को कति परिपक्क छ भन्ने कुरा उसले लिने निर्णयहरु कति उपुयुक्त छन् भन्नेमा भर पर्दछ, उमेर समूह अनुसार, मानसिक रुपमा को कति परिपक्क हुन्छ भन्ने बारे धेरै research हरु छन्। pyschology मा परिपक्कता maturity लाइ psychosocial maturity model मा जाच गरिन्छ. psychosocial maturity model का research हरु लाइ हेर्ने हो भने,२४ वर्ष भन्दा माथि को उमेर समूह को psychosocial maturity level, र १८-२३ वर्ष सम्म का मनिसहरु psychosocial maturity level लगभग उस्तै उस्तै पाइयो, तर १२-१७वर्ष समुहको psychosocial maturity , २४ वर्ष भन्दा माथि को उमेर समूह भन्दा significantly low यानकी उल्लेखनीय रुपमा कम पाइयो , अब यसको अर्थ के हुन्छ भन्दा , अर्को सब्दमा भन्नु पर्दा, १८ वर्ष भन्दा काम उमेर समुहका मनिसहरुले आफ्नो लागि र आफ्नो समाज को लागि लिने निर्णयहरु गलत हुने सम्भावन धेरै हुने देखियो। यसरी pyschology and neurology को कोण बाट हेर्दा, १८ बर्स भन्दा कम उमेर का ले आफै निर्यण लिदा गल्ति गर्ने सम्भावना धेरै हुने हुदा , उनीहरुलाई सुझाब र निगरानीको आबस्यक पर्ने हुदा ,उनीहरुलाई नाबालिग minors भनेर मान्ने गरिन्छ र age of consent , उमेर को हदबन्दी कुरा पनि सगै उठाउने गरिन्छ,. age of consent को अरु कारण भनेको सारिरिका तथा प्रजनन रुप मा को परिपक्क नहुने साथै अन्य सामाजिक, धार्मिक , राजनीतिक आदि कारण पनि हुन सक्छन।
अब कुरा गरौँ नाबालिगले गलत निर्णय गर्न सम्भावना धेरै किन हुन्छ भन्ने बारे!
अघि नै भनियो प्रिफ्रन्टल कर्टेक्स पूर्ण रूपमा विकसित हुँदैन भनेर। प्रिफ्रन्टल कर्टेक्स पूर्ण विकास नभएकाले हाम्रा धेरै निर्णय लिम्बिक सिस्टमबाट प्रभावित हुन्छन्। लिम्बिक सिस्टम मुख्यतया भावनासँग सम्बन्धित छ र यसमा एमिग्डला (Amygdala) भन्ने भागले मुख्य भूमिका खेल्दछ, जुन प्रत्यक्ष रूपमा भावनात्मक अनुभूतिद्वारा प्रभावित हुन्छ।
त्यस कारण एमिग्डलाले भावनात्मक अनुभूतिको आधारमा तत्कालको लागि हुने, तत्कालको वातावरण अनुसार मिल्ने निर्णय गर्न प्रभावित गर्दछ। यसै कारणले गर्दा किशोर-किशोरीहरू पछिको नसोची, पछि के हुन्छ भन्ने बेवास्ता गरेर तत्कालको लागि सोचेर निर्णय गर्दछन्। यसै गरि उत्साह र जोखिम भएको जुनसुकै काम पनि मन पराउने, छिटो निर्णय गर्ने, जुनसुकै कुरामा शार्टकट बाटो खोज्ने र कुनै दबाब, लोभ, विश्वास आदि भावनात्मक कुरामा छिटो प्रभावित हुने गर्दछन्। यस्ता सबै कारणले गर्दा उनीहरूले गलत निर्णय गर्ने सम्भावना उच्च हुन्छ।
अन्त्यमा, तसर्थ – हामी देशका नागरिक भएकाले नाबालिगहरूको संरक्षण गर्ने र कानूनको पालना गर्ने हाम्रो कर्तव्य पनि हो। कुनै पनि बहानामा, यो, त्यो, बट, इफ, लेकिन, तर… नभनी, जो कुनै नाबालिगमाथि हुने दुर्व्यवहारलाई गम्भीरतापूर्वक लिएर दोषीलाई कडा सजाय दिलाउनु हामी सबैको कर्तव्य हुन्छ।