All blog posts are base on evidence and fact

Health

औषधी “खाना सगै” , “खाना पछि” अनि “खाली पेटमा” मा खाने भन्नाले के बुझ्ने ? सरल भाषामा

Share

औषधीले त्यति बेला मात्र राम्रो संग काम गर्छ जब सहि रोग पत्ता लगाएर, सहि औषधीको प्रयोग ,सहि मात्रमा,  सहि समयमा, सहि तरिकाले बिरामीले खाने गर्दछन। अन्यथा औषधीको गलत प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने जोखिम बडेर जाने गर्दछ। औषधी सहि तरिकाले कसरी खाने भन्ने बारे यो लेखमा सामान्य जानकारी उल्लेख गरिएको छ।   

डाक्टरले औषधी लेखे पछि औषधी किन्न जब फार्मेसीमा जानुहुन्छ र औषधी किन्नु हुन्छ, औषधी दिने फार्मेसिस्टले खाना सगै , खाली पेटमा अथवा खाना पछि औषधी खानुहोला भनेर औषधी बारे जानकारी गराउने गर्दछन। यसलाई सरल भाषामा यसरि बुझ्न सकिन्छ। 

औषधी  “खाना सगै” खानु भन्नुको  मतलब, यो औषधी खानाको समयमा/ खाना खादा-खादै खानुपर्दछ ।

औषधी  “खाना पछि” खानु भन्नुको  मतलब, यो औषधी  खाना खाएको आधा घन्टा भित्र खानुपर्दछ। 

र औषधी  “खाली पेटमा” खानु भन्नुको  मतलब, तपाईंले कम्तिमा दुई घण्टा पहिला देखि केहि नखाई औषधी खानु पर्दछ र औषधी खाए पछि पनि कम्तिमा आधा घण्टा केहि नखाई बस्नु पर्दछ। सजिलो को लागि यस्तो औषधीहरु, बिहान उठय पछि खानु भन्ने गरिन्छ, याद गर्नु होला यस्तो औषधी खाए पछि कम्तिमा आधा घण्टा खाना नखाई बस्नु पर्दछ।  

औषधी खानु पहिले राम्रो संग औषधीको नाम र मात्र जाँच गरेर मात्र  खानु पर्दछ। 

डाक्टर/ फार्मेसिस्टको सल्लाह बमोजिम अथवा  पानी संग औषधी (ट्याब्लेट वा क्याप्सुलहरू) लिनु पर्दछ ।

यसरी औषधिलाई किन खान अघि, पछि अथवा सगसगै  खान जरुरि छ भन्ने पनि बुझौ। धेरै जसो हामीले खाएको औषधी पेटमा गएर टुक्रिने/घुल्ने गर्दछ र शोसण भएर रगतमा मिसीने गर्दछ। हाम्रो रगतमा सहि मात्रामा औषधि पुग्यो भने मात्र रोग निको हुने गर्दछ। हाम्रो पेटमा हुने खानाले औषधिको टुक्रिने/घुल्ने र शोसन हुने प्रक्रियालाई प्रत्यक्ष असर गर्दछ जसले गर्दा सहि मात्रामा हाम्रो रगतमा औषधि नपुग्न सक्छ फलस्वरुप रोग निको नहुन सक्छ। अतः समय बमोजिम नै औषधि खानु पर्दछ। त्यस्तै गरि कतीपय औषधिहरुले देखाउन सक्ने अनावश्यक असरहरु (side effects) कम गर्न पनि औषधिलाई खान अघि, पछि अथवा सगसगै खाने गरिन्छ। यसरी औषधिलाई प्रभावकारी बनाउन, सहि औषधि, सहि मात्रा , सहि समयमा, सहि तरिकाले चिकित्सक/फार्मासिष्ट ले भने बमोजिम खानु अति आवस्यक छ।  

अन्तमा, प्रत्येक दिन औषधी खाने समय र खाना खाने समयमा एकरूपता हुन एकदम महत्त्वपूर्ण छ।


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *