All blog posts are base on evidence and fact

My Opinion

मधेसी पार्टीको झण्डाको आकृति हैन भाबलाई भुझौ

Share

रमेश परियार : (यो लेख April,24,2017 मा लेखिएको थियो।)

मधेसी दलहरु मिलेर बनेको नवगठित मधेसका  राष्ट्रिय जनता पार्टी (राजपा) को झण्डाको बारेमा यति चर्चा बिरोध भयो कि मीडियाले नगर्दिएको नया पार्टीको प्रचारप्रसार सोसल मेडियाले गर्दियो I 

नवगठित पार्टी राजपालाई फाईदा नै धेरै भयो , पार्टी थाहा नभए पनि पार्टी को झण्डा सबै माझ पुगी हाल्यो , काम पुग्ला नपुग्ला हेर्न बाकि नै छ I  

नेपालको तीन कुने आकारको झन्डा जस्तो संन्सार मै  कुनै पनि देश्को छैन र यस कुरामा हामी सधै गर्व पनि गर्ने गर्छौ l जुनसुकै देश/पार्टी /संस्थाको झण्डाले आफ्नो ईतिहास , परिचय बोलेको हुन्छ l  

नेपाली शब्दकोशमा झण्डा लाई यसरि परिभासीत गरिएको छ ” दण्डे डन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश,  दल आदिको विशेष प्रतीक वा चिह्न–अङ्कित कपडाको विभिन्न आकार र रबको टुक्रा; त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो वा परिचायक चिह्न; ध्वजा; पताका ” l

संसार का धेरै देश को झन्डाहरु उस्तै उस्तै छन तर त्यो देशहरुले झन्डालाई फरक फरक प्रतिक मान्दै , फरक फरक रुपले परिभासित गरेको छन र आज सम्म कुनै देशले उस्तै झण्डा भयो भनेर बिरोध गरेको सुनिएको छिन न देखाएको छ l बरु एकले अर्को देशको झण्डा लाई सम्मान गरेका छन् जुन हामी पनि गर्छौ l झण्डा कस्तो देखिन्छ भन्दा पनि के अर्थ दिन्छ भन्ने कुरा मुख्य हुन्छ I

उसो त नेपालीका अन्य पार्टीको झण्डा पनि अरु देशको जस्तो देखिन्छन , त्यस बारेमा आजको दिन सम्म कहिले केहि बिरोध सुनिएन त  !!

मधेसी दलको झण्डा लाई मात्र लिएर यतिका भाती बिरोध किन?  बिरोध नै गर्ने भए सबै को गर्नु पर्ने हैन र ! कुनै एक पक्षको मात्र खोइरो नै खन्नु राम्रो भएन की !?

मधेसीलाई जुन कुरामा पनि ईन्डिया संग जोडेर हेर्ने मानासिकाताको उपज त हैन यो बिरोध भने भान हुन्छ , यदि यस्तै नै हो भने यस्तो मानसिकताले कालन्तरमा देशलाई ठुलो असर पार्न सक्दछ , जस्को झिल्दाहरु आजभोलि नै हामी देख्दै छौ , जस्तो कि सी.के राउत !!

एउटै कुरा  बारम्बार भनेको भनै गर्यो भने झुट पनि साचो जस्तो लाग्न थाल्दछ I जस्तै , टि.भी. , रेडियोमा बारम्बार बज्ने बिज्ञापन Fair & lovely l आज सम्म Fair & lovely ले गोरो बनाएको मान्छे एकजना नदेखे पनि, हामिलाई Fair & lovely ले पक्कै  गोरो बनाउछ होला भन्ने लाग्दछ I बारम्बार टि.भी. , रेडियोमा सुनेको/देखेको ले नै हामीमा यो असर परेको हो l बारम्बार मधेशलाई ईन्डिया संग जोड्दै बिरोध गर्दै जाने हो भने  उनीहरुको मानसिकतामा कस्तो असर पर्ला ? तसर्थ कृपया मधेशलाई हेर्ने दृष्टिकोण बदल्ने पो हो कि !

राष्ट्रबादी हुने राम्रो हो तर अति उग्र राष्ट्रबाद देशकै लागि पनि खतरा पर्न सक्छ l

मधेश र मधेशी प्रतिको आफ्नो सोच यती ठुलो बनाउ ताकी  सबै कुराको समाधन त्यस भित्र अटाउन सकोस !
झण्डा को आकृति/ बनावट  हैन भाब लाई भुझौ र सबैको आस्था, प्रतिक प्रति सम्मान गरौ l


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *